२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

ईन्जिनियर राजेशमाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न संगठनको माग

५ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ईन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको भत्सर्ना गरेको छ ।बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामको निमित्त आयोजना प्रमुख कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले आयोजना प्रमुखलाई नियन्त्रणमा लिई नगर परिक्रमा गराएका थिए ।

संगठनका अध्यक्ष हरिबहादुर रावलले विज्ञप्ति जारी गरेर देशमा कानुनको शासन हुदाहुँदै कानुनी उपचार तथा वार्ताको माध्ययमबाट कुनै पनि समस्याको समाधान खोज्नु पर्नेमा कानुन हातमा लिएर राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार कुनै हालतमा क्षमायोग्य हुन नसक्ने उल्लेख गरेका छन् । संगठनले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल गिरफ्तार गरी कडाभन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : October 22, 2021 at 1:28 pm