३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

काभ्रेमा बोलेरो जीप दुर्घटना हुँदा प्रधानाध्यापक श्रेष्ठको मृत्यु

४ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेमा बोलेरो जीप दुर्घटना परी चौरीदेउराली गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय कमलबहादुर श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार श्रेष्ठ आफैले चलाएको बोलेरो बुधबार राती करिब ९ बजेतिर दुर्घटनामा परेको हो ।

कुखुराको दाना बोकेर दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नम्बरको बोलेरो भुम्लु गाउँपालिका–५ जामुने खोलामा (सडकबाट अन्दाजी तीन सय मिटर तल) खसेको थियो ।

उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार विहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीेले जनाएको छ ।

प्रकाशित मिति : October 21, 2021 at 1:15 pm