कांग्रेस नेता गगन थापा विश्व बैंकको संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित
३ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को संसदीय नेटवर्कको बोर्ड सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित भएको कुरा थापा आफैँले फेसबुक मार्फत जानकारी दिएका छन ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत नेता थापाले आफू उक्त पदमा निर्वाचित भएको पुष्टि गरेका छन । उनले अब दुई वर्षका लागि बोर्ड सदस्यरूपमा काम गर्नेछन्। उक्त सञ्जालको बोर्डमा १ सय ४० भन्दा बढी देशका सांसद हुन्छन्।

प्रकाशित मिति : October 20, 2021 at 10:11 pm





