३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

दाहसंस्कार गर्न लागेको बालकको शव प्रहरीको नियन्त्रणमा

३ कात्तिक, उदयपुर । उदयपुरको बेलका नगरपालिका-२ शान्ति नगरटोलमा दाहसंस्कार गर्न तयारी हुँदै गरेको एक बालकको शव प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशीको शव घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालकको शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । शनिबार दिउँसो हराएका बालक आइतबार विहान गिनेरी खोलामा मृत फेला परेपछि पानीबाट झिकेर दाहसंस्कारको लागि घरमा राखेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीकाअनुसार बालकको गिदेरी खोलामा डुबेर मृत्यु भएको अवस्थामा मृतकका दाजु सुमन चन्द्रबंशीले देखेर पानीबाट झिकी घरमा लगि राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको टोलीले शवको घटना प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको लागि धरान पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : October 20, 2021 at 7:59 am