३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

बझाङमा भीषण पहिरो २३ जना वेपत्ता

२ कात्तिक, बझाङ । बझाङको थलारा गाउँपालिका भीषण पहिरोमा परी २३ जना वेपत्ता भएका छन । थलराको वडा नं ४ डिख्लामा मङ्गलवार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका हुन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाउँबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुशल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका छन् ।

गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेका शान्ति मा.वि पारा काट्नेका शिक्षक मदन बहादुर साउदले बताएका छन । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सम्पर्कका लागि कठिन भइरहेको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नभएकाले समयमै खबर पाउन नसक्दा उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रमुख डिएसपी रूपक खड्काले बताए ।

प्रकाशित मिति : October 19, 2021 at 7:21 pm