२७ भदौ २०८३, शनिबार | Sat Sep 12 2026

उद्धारका लागि ढुंगाड पुगेको हेलिकोप्टर अवतरण गर्न नसक्दा फिर्ता

२ कात्तिक, बैतडी । बैतडीको सिगास गाउँपालिका- ५ को ढुंगाडमा बाढीका कारण टापुमा फसेका व्यक्तिहरूको उद्धारका लागि त्यहाँ पुगेको हेलिकोप्टर फिर्ता गएको छ । सेती नदी गाउँमा पस्दा गाउँको टापुमा फसेका व्यक्तिहरूको उद्धार गर्न सुर्खेतबाट त्यहाँ पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीका कारण अवतरण गर्न नसक्दा फिर्ता गएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

हेलिकोप्टरले तीन पटकसम्म कोसिस गर्दा पनि अवतरण गर्न नसकेपछि फिर्ता गएको उनले बताए । सेती नदी गाउँमा पसेपछि ढुंगाडका कम्तीमा ६० जना टापुमा फसेका छन् । अहिले प्रहरी घटनास्थल नजिक पुगेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय बैतडीमा जारी सुरक्षा समितिको बैठकमा उद्धारको विकल्पबारे छलफल भइरहेको बताइएको छ ।

प्रकाशित मिति : October 19, 2021 at 5:56 pm