३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

सार्वजनिक सवारीको भाडा आजदेखि बढ्‍यो, कति किलोमिटरसम्म पुगेको कति ? (सूचीसहित)

१ कात्तिक, काठमाडौँ। बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि गरेकाे हाे ।

फाइल फाेटाे

 

नयाँ भाडा अनुसार अब उपत्यकामा सार्वजनिक सवारी चढ्डा ५ किलोमिटरसम्मकाे  १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।  यस्तै १० किलोमिटरसम्मकाे २३ रुपैयाँ तिर्नुपर्नेछ, १५ किलोमिटरसम्मकाे २७ रुपैयाँ तिर्नुपर्नेछ, २० किलोमिटरसम्मकाे ३० रुपैयाँ  तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिकाे यात्रा गर्दा ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

प्रकाशित मिति : October 18, 2021 at 1:41 pm