नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते
१ कात्तिक, काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भाल्चेबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँमा दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारकाे लागि अस्पताल लगिदै गरेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेकाे छ ।
प्रकाशित मिति : October 18, 2021 at 11:58 am





