३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

अर्घाखाँचीमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ को अवस्था गम्भीर

१ कात्तिक, काठमाडाैँ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : October 18, 2021 at 7:55 am