५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३१ असोज , पोखरा । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १३:४७