१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

गाडीले किचेर किसान मारेको आरोपमा भारतीय गृहराज्यमन्त्रीका छोरा पक्राउ

२४ असोज, काठमाडाैँ । भारतीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । गत साता उत्तर प्रदेशको लखिमपुर खिरीको तिकुनियामा गाडीले किचेर किसान मारेको आरोपमा मिश्रालाई लखिमपुर खिरी प्रहरीले पक्राउ गरेको हो ।

१२ घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको डीआईजी उपेन्द्र अग्रवालले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीविरुद्ध सोमबार अदालतमा सुनुवाइ हुनेछ ।

उनीमाथि हत्या, दुर्घटनामा ज्यान लिएको र सवारी चलाउन लापरवाही गरेको आरोप लगाइएको छ । गत साता तिकुनीयामा प्रदर्शनमा उत्रिएका किसानलाई मिश्रासहितले गाडीले किचेको दाबी गरिएको छ । उक्त घटना र त्यसपछि भड्किएको हिंसामा आठ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आईतवार ०८:२९