३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

२२ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सो विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : October 8, 2021 at 1:45 pm