कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै संसदमा एमालेकाे नाराबाजी
२२ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले कालोधन चाहिँदैन देश लुट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अवरोध नगर्न आग्रह गर्दै आएका छन् ।
प्रकाशित मिति : October 8, 2021 at 1:28 pm





