१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रोमको सिटी काउन्सिलको चुनावमा पूर्व तानाशाह बेनिटो मुसोलिनीकी नातिनीलाई लोकप्रिय मत

२२ असोज, काठमाडाैँ । इटालीको राजधानी रोमको सिटी काउन्सिलको मतदानमा कुख्यात पूर्वतानाशाह बेनिटो मुसोलिनीकी नातिनी राचेला मुसोलिनी अत्यधिक मत प्राप्त गरेकी छिन् । निर्वाचनमा फ्राटेली ड इटालिया पार्टीकी उम्मेदवार मुसोलिनीले लोकप्रिय मत पाएकी हुन् ।

मानिसहरू आफ्नो थर भन्दा पनि आफ्ना कामबाट बढी प्रभावित भएको उनको भनाई छ । ‘विगतमा मेरो थरकै कारण मैले अन्तर्वार्ता दिने अवसर पाए । मेरो अन्तिम कार्यकालमा उनीहरूले मैले सिटी काउन्सिलमा पुर्‍याएको योगदानबारे सोध्न थाले । मैले निकै मिहिनेत गरेकी छु ।’ इटालीको दैनिक पत्रिका ला रिपब्लिकासँगको एक अन्तर्वातामा उनले भनिन् ।

उनी जाज संगीतकार रोमनो मुसोलिनीकी छोरी तथा कुख्यात तानाशाह बेनिटो मुसोलिनीकी नातिनी हुन् । बेनिटो मुसोलिनीले इटालीमा सन् १९२२ देखि सन् १९४३ सम्म शासन गरेका थिए । दोस्रो विश्वयुद्धको समयसम्म हिटलर निकै शक्तिशाली थिए र मुसोलिनी उनकै सहयोगमा आफ्नो सत्ता हाँकिरहेका थिए ।

सन् १९४५ मा इटलीमा विरोधीहरुले मुसोलिनी र उनकी प्रेमिका क्लारालाई गोली प्रहार गरी हत्या गरेका थिए । यो जोडी स्वीजरल्यान्ड भाग्न खोज्दै गर्दा विपक्षीले पक्राउ गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १०:०८