माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन घरमै आराम गर्ने
१८ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।

अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।
प्रकाशित मिति : October 4, 2021 at 11:08 am





