३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

प्रचण्ड हत्या, भ्रष्टाचार र आतंककारी गतिबिधिको पश्चातापले बिक्षिप्त बनेः नेता बस्नेत

१७ असोज, काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिहरूप्रति लक्षित गर्दै जवाफ दिएका छन । उनले प्रचण्ड हत्या, भ्रष्टाचार र आतंककारी गतिबिधिको पश्चातापले बिक्षिप्त बन्न पुगेको बताएका छन ।

नेता बस्नेतले भनेका छन, ‘ बिगतको हत्या, हिंसा भ्रष्टाचार र आतंककारी गतिबिधिको पश्चाताप र भबिष्यमा हुन सक्ने सजाय र दुर्गतिको आंकलनले बिक्षिप्त भएको देखिन्छ । एमालेको सम्भावित विजयको यात्राबाट आतंकित भएको देखिन्छ ।’

त्यस्तै बस्नेतले प्रचण्डको धम्कीको प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन । उनले भनेका छन, ‘प्रचण्ड कमरेड एमाले आफ्नो बाटोमा निरन्तर हिडिरहन्छ बाधा अडचन गर्न आउनेलाई पन्छाएर हिड्न सक्षम छ। तपाईको धम्की हात्तीलाई भुसुनाले टोके जस्तै हो। एमालेले फु गर्दा तपाईको धम्कि धुलोमा बिलिन हुन्छ।’

उनले प्रचण्डका पछिल्ला अभिव्यक्तिले उनमा डिप्रेशन देखिन खोजेको बताएका छन । उनले भनेका छन, ‘स्याल बुढो भए भिर खोज्छ, मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्छन् । एमालेलाई कमजोर नबनाई अरु पार्टीले चुनाव जित्न सक्दैनन् भन्ने कुरा आजको यथार्थ हो । समकालिन नेतृत्वमा केपी ओलीको शिखर ब्यक्तित्व सबैको लागि डाँह र इर्स्याको बिषय बनेको छ। प्रचण्डका पछिल्ला अभिब्यक्तिहरु हेर्दा उहाँमा ठूलो डिप्रेशन देखिन खोज्दैछ।’

प्रकाशित मिति : October 3, 2021 at 8:03 am