३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

नुवाकोट र रसुवामा बढेको भाडा लिन नपाए सोमबारबाट बस नचलाउने व्यवसायीको चेतावनी

१७ असोज, नुवाकोट । नुवाकोट र रसुवामा यातायात सञ्चालन गरिरहेका पाँच वटा कम्पनीले बढेको भाडा कार्यान्वयन गर्न नपाए सोमबारबाट रूटमा बस नचलाउने चेतावनी दिएको छ ।

नुवाकोट र रसुवामा सवारी सञ्चालन गरिरहेका पाँच कम्पनीका प्रतिनिधिहरूले शनिबार साँझ विज्ञप्ति प्रकाशित गरी गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन सार्वजनिक सवारीमा २८ प्रतिशत भाडा बढाउने निर्णय भएको थियो । पछि चर्को आलोचना भएपछि उक्त निर्णय स्थगित भएको थियो ।

अहिले व्यवसायीले सोही निर्णय कार्यान्वयको शर्त राखेर सवारी सञ्चालन नगर्नेसम्मको चेतावनी दिएका हुन । उनीहरूले अहिले पनि प्रहरीले विभिन्न नाममा सवारी साधनलाइ दुःख दिइरहेको बताएका छन ।

यो पनि पढ्नुहोस्

नागरिकलाई देउवा सरकारको सरप्राइजः सवारी भाडा २८ प्रतिशत बढ्यो

विज्ञप्ति प्रकाशित गरेर सोमबारदेखि सवारी सञ्चालन नगर्ने चेतावनी दिनेमा नमस्ते पासाङ्ल्हामु यातायात प्रालिका अध्यक्ष कुलबहादुर खड्की, टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशी, केरूङ यातायात प्रालिका संयोजक रामराजा बोगटी, छाङ्गेश्वर यातायात प्रालिका उपाध्यक्ष गोपिलाल श्रेष्ठ र नेपाल माइक्रोबस कम्पनी प्रालिका संयोजक सन्तोष उप्रेती रहेका छन ।

प्रकाशित मिति : October 2, 2021 at 10:58 pm