९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

टिपर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते


१८ फागुन, चितवन । चितवनको राप्ती नगरपालिका– १ परेवाकोटमा आज टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग्राभेल झारेर फर्कने क्रममा टिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो । ना ७ ख २९८४ नंको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १५:४९