३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

काठमाडौँमा ७३ प्रतिशतले लगाए काेराेनाविरूद्धकाे पूर्ण खोप

१४ असोज, काठमाडौँ । काठमाडौँ उपत्यकामा हाल सम्म ७३ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १३ असोजको तथ्यांकअनुसार उपत्यकाको लक्षित जनसंख्याको ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

२१ लाख २९ हजार सात सय ७३ जनसंख्यामा १६ लाख २२ हजार चार सय ४१ अर्थात ७६ प्रतिशतले पहिलो मात्रा लगाउदा १५ लाख ६२ हजार सात सय ७३ ले दोस्रो मात्रा लगाएका छन् । यसमा काठमाडौंको १५ लाख ६२ हजार लक्षित जनसंख्याको ११ लाख ७७ हजार ६ सय ६०(७८ प्रतिशत )ले पहिलो मात्रा लगाउदा ११ लाख १२ हजार आठ सय ९३(७४ प्रतिशत)ले पूर्ण खोप लगाएका छन् ।

भक्तपुरमा दुई लाख ४६ हजार आठ सय ५१ लक्षित जनसंख्याको एक लाख ५५ हजार तीन सय २६(६३ प्रतिशत)ले पहिलो मात्रा लगाउदा एक लाख ८४ हजार सात सय ८७(७५प्रतिशत)ले पूर्ण मात्रा लगाएका छन् ।

ललितपुरमा तीन लाख ८२ हजार आठ सय ६० लक्षित जनसंख्याको दुई लाख ९० हजार ५५(७६ प्रतिशत)ले पहिलो मात्रा लगाउदा दुई लाख ६५ हजार ५४ (६९ प्रतिशत)ले पुर्ण मात्रा लगाएका छन् । मन्त्रालयले खोप लगाउन बाँकी सबैलाई आफ्नो पालो आएपछि अनिवार्य खोप लगाउन अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : September 30, 2021 at 10:45 am