१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इक्वेडरको कारागारमा झडप, एक सय कैदीको मृत्यु

१४ असोज, काठमाडाैँ । इक्वेडरको एउटा कारागारमा रहेका कैदीबीच झडप हुँदा एक सय भन्दा बढी कैदीको मृत्यु भएको छ । दुई पक्षका कैदीबीच झडप हुँदा अरू दर्जनौं घाईते भएका छन् । कारागारमा भएको पछिल्लो हिंसा इक्वेडरको इतिहासमा अहिलेसम्मकै डरलाग्दो भएको बताइएको छ ।

ग्वायाक्विल सहरमा मंगलबार भएको सो हिंसामा कम्तिमा पाँच बन्दीको टाउको काटिएको छ भने अन्य केहीको गोली लागेर मृत्यु भएको छ । कैदीले भाला, खुकुरी र बिस्फोटक पदार्थ समेत पड्काएको जनाइएको छ ।

कारागारमा रहेका व्यक्तिलाई त्यस्तो हतियार कहाँबाट उपलब्ध भयो भन्ने बारेमा केही खुलाइएको छैन् । कैदीहरुले ग्रिनेडसमेत प्रहारसमेत गरेको सो जिल्लाका प्रहरी कमान्डर फाउस्टो बुनानोले बताए ।

झडपछि कारागार नियन्त्रणमा लिन चार सय प्रहरी अधिकारीलाई घन्टौं समय लागेको थियो । सो कारागारमा दुव्र्यसनीका बन्दीलाई राखिएको थियो ।

जेलमा रहेको मेक्सिकोका लागू औषध तस्करको एउटा समूहले सुरुमा आक्रमण गरेको थियो । जेलमा भएको नरसंहार इतिहासमै डरलाग्दो घटना भएको इक्वेडरको कैदी सेवाका निर्देशक बोलिभर गारजोनले जानाकारी दिए । गत वर्ष अर्को एक कारागारमा बन्दीबीच झडप हुँदा कम्तिमा ८० कैदी मारिएका थिए । एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०९:१०