१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

फुमिओ किशिदा बन्ने भए जापानका नयाँ प्रधानमन्त्री

१३ असोज, टोकियो । जापानमा पूर्वविदेशमन्त्री फुमिओ किशिदा नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नयाँ नेता चयनका लागि बुधबार भएको मतदानमा चुनिएपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।

किशिदाले केही साताभित्र संसदमा हुने निर्वाचनमा विश्वासको मत लिनुपर्ने हुन्छ । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले केही महिनाअघि पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १४:२५