१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डब्लुएचओका कर्मचारीले कंगोका महिलालाई यौन दुर्व्यवहार गरेको प्रतिवेदन सार्वजनिक

१३ असोज, काठमाडाैँ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ) का कर्मचारीसहित कंगोमा खटिएका ८३ जना सहायताकर्मीले प्रजातान्त्रिक गणतन्त्र कंगोमा महिला र किशोरीमाथि यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ । कंगोमा इबोला नियन्त्रण गर्ने प्रयासमा खटिएका स्वास्थ्य कर्मचारीले यौन दुव्र्यवहार गरेको एक प्रतिवदेनमा जनाइएको छ ।

सन् २०१८ देखि २०२० को अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कर्मचारीले बलात्कार गरेका हुन् । यौन दुव्र्यवहारबाट पीडित ५० जना स्थानीय महिलासँगको अन्र्तवार्तापछि प्रतिवेदन तयार गरिएको थियो ।

यौन सम्पर्क गरेवापत महिला तथा युवतीलाई जागिर दिइएको प्रतिवेदनमा उल्लेख छ । ८३ जना महिलालाई डब्लुएचओले जागिर दिएको थियो । कर्मचारीले महिलासँग अस्पतालमा नै जवरजस्ती यौन सम्पर्क गरेको र केही महिला गर्भवती भएको प्रतिवेदनमा उल्लेख छ ।

कंगोका महिलामाथि भएको यौन दुव्र्यवहार अक्षम्य भएको डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानोम घिब्रेससले टिप्पणी गरेका छन् । अनुसन्धानपछि एउटा स्वतन्त्र आयोगले ३५ पेज लामो सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १२:२३