३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

त्रिवि शिक्षण अस्पतालले माग्यो १५ कर्मचारी

१३ असोज, काठमाडौँ । काठमाडौँको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा १५ जना कर्मचारी भर्ना गर्ने भएको छ ।

अस्पतालले विज्ञापन जारी गर्दै पाँच/पाँच जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो । योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ भर्ना हुने कर्मचारीले अस्पतालको आन्तरिक स्रोतबाट तलबभत्ता पाउनेछन् ।

प्रकाशित मिति : September 29, 2021 at 11:46 am