३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

दुई घण्टापछि प्रहरीले खुलायो स्थानीयले अवरुद्ध गराएकाे पूर्वपश्चिम राजमार्ग

११ असोज, झापा । ट्राफिक प्रहरीले चेकजाँचमा लापबाही गर्दा हाथी गाडी चालकको मृत्यु भएको भन्दै स्थानीयले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग खुलेको छ ।

ट्राफिकले गलत ठाउँमा चेकिङ गर्दा टिपरले पछाडिबाट ठक्कर दिँदा सोमबार बिहान झापाको माइधारमा हाथी गाडी चालक दमक–९ का अन्दाजी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएपछि स्थानीयले राजमार्गमा टायर बालेर अवरुद्ध गरेका थिए ।

तर, प्रहरीले दुईघण्टापछि राजमार्ग खुलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । प्रदेश–०३–००१ क ०९५ नम्बरको टिपरले को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिँदा खड्का मृत्यु भएको थियो ।

प्रकाशित मिति : September 27, 2021 at 12:43 pm