३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नगर्ने माओवादी केन्द्रकाे निर्णय

११ असाेज, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नहुने बताएको छ । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले साे निर्णय गरेको हो ।

 राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले बताए ।

प्रकाशित मिति : September 27, 2021 at 11:43 am