३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

नेपाल-चीन सीमामा हुँदै नभएको विवाद अध्ययन गराएर सरकारले प्रतिवेदन बुझ्यो

१० असोज, काठमाडाैँ । हुम्ला जिल्लाको नाम्खा गाँउपालिकाको लिमी लाप्सादेखि हिल्सासम्मको सीमा क्षेत्रमा रहेका समस्याको अध्ययन गर्न गठित समितिले आज गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिले सीमालगायतको द्विपक्षीय विषय संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत समाधान गर्न सुझाव प्रस्तुत गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेले जानकारी दिए ।

प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले भौगोलिक कठिनाइका बाबजुद उक्त क्षेत्रको स्थलगत रूपमा अवलोकन गरी अध्ययन प्रतिवेदन पेस गरेकामा समितिका सदस्यलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदनले त्यस क्षेत्रका विविध विषयहरूको अभिलेखीकरण गर्न सघाउ पुर्‍याएको बताए ।

साथै, उनले प्रतिवेदनले सुझाएका विषय सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।मन्त्रालयका प्रवक्ता पोखरेलेका अनुसार प्रतिवेदनमा उल्लिखित क्षेत्रको स्थलगत रूपमा अवलोकन तथा स्थानीय सरोकारवालासँग छलफल र अन्तर्क्रिया गरी सो क्षेत्रको भौगोलिक, सामाजिक. सांस्कृतिक, भौतिक पूर्वाधार, सिमानालगायतको अवस्थाको विषय समावेश गरेको छ ।

सरकारले गत १६ भदौमा नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्सासम्मको सीमा क्षेत्रमा रहेका समस्याका बारेमा अध्ययन गर्न समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : September 26, 2021 at 8:15 pm