३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

तिलाठी कोइलाडीका बाढी-पहिरोपीडितलाई राहत

१० असोज, सप्तरी । नेपाल-भारत महिलामैत्री समाजले सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी-पहिरोपीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

आइतबार राजविराजमा आयोजित एक कार्यक्रममा मैत्री समाजले भारत सरकारबाट प्राप्त करिव १०० पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरेको हो ।

सप्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई महिलामैत्री समाजकी अध्यक्ष तथा संघीय सांसद चन्दा चौधरीले करिव ४२ लाख रुपैयाँ बराबरको राहत सामग्री पीडित परिवारका नाममा हस्तान्तरण गरेकी हुन् ।

सांसद चौधरीले राहत वास्तविक पीडित समक्ष पुर्‍याउन आग्रह गरिन् । प्रमुख जिल्ला अधिकारी गौतमले सहयोगका लागि भारत सरकार र महिलामैत्री समाजलाई धन्यवाद दिए ।

प्रकाशित मिति : September 26, 2021 at 8:11 pm