२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

जनक बर्ताैलालाई मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै निहुँ खोज्न राष्ट्रिय युवा संघको चेतावनी

१० असोज, काठमाडौँ । राष्ट्रिय युवा संघले नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलालाई नेकपा एमालेका नेता महेश बस्नेतका विरूद्धमा गतल टिप्पणी गर्नुअघि धेरै पटक सोच्न चेतावनी दिएको छ । युवा संघका नेताहरूले बर्तौलाले एमाले नेता बस्नेतमाथि गैर राजनीतिक टिप्पणी गरेको भन्दै सुधारका निम्ति चेतावनी दिएको हो ।

राष्ट्रिय युवा संघका नेता बाबु छत्कुलीले बर्ताैलालाई मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै आमेन सामेन हुन भन्दै कठोर टिप्पणी गरेका छन । उनले भनेक छन, ‘लाखौँ युवाहरूको आशा र भरोषाका केन्द्र, प्रगतिशिल आन्दोलनका अथक योद्धा, आदर्णीय महेश बस्नेतको होइन यदी तिम्रो यस्तै अनआवश्यक रबैया जारी राख्ने हो भने तिमी मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै आमेन सामेन हुन म राष्ट्रिय युवा संघको एक सदस्यको तर्फबाट चुनौती दिन चाहन्छु ! ’

बर्ताैलाले बस्नेतका बारेमा एउटा अराजनीतिक टिप्प्णी गर्दै अनावश्यक लान्छना लागएको राष्ट्रिय युवा संघले जनाएको छ । छत्कुलीले सामाजिक सञ्जाल मार्फत बर्ताैलालाई दिएको चेतावनी यस्तो छ ।

माओवादीका कार्यकर्ता जनक बर्तौलाले हाम्रो गौरबशाली पार्टी नेकपा एमालेका युवा नेता एबम सांसद माननीय महेश बस्नेतलाई आफु चर्चामा आउनका निम्ती एउटा टोले केटोको स्तरले अराजनैतीक भाषा प्रयोग गरेर चेतावनी दिने कुचेष्टा गरेछन् मलाई त्यस्ता अराजनैतीक तबरको टिप्पणी देखेर बर्तौला जी प्रती दया का साथ माया लागेर आयो। मिस्टर बर्तौला !

लाखौं युवाहरुको आशा र भरोषाका केन्द्र, प्रगतिशिल आन्दोलनका अथक योद्धा, आदर्णीय महेश बस्नेतको होइन यदी तिम्रो यस्तै अनआवश्यक रबैया जारी राख्ने हो भने तिमी मृत्युपत्रमा हस्ताक्षर गरेर मात्रै आमेन सामेन हुन म राष्ट्रिय युवा संघको एक सदस्यको तर्फ बाट चुनौती दिन चाहन्छु ! राष्ट्रिय युवा संघको एउटा सदस्य मात्रै तिम्रो अराजनैतीक र स्तरहिन भनाइ लाई गलत साबित गर्न र तिमीलाई तह लगाउन काफी छ, आफ्नो स्तर भुल्ने कुचेष्टा नगर !!!

प्रकाशित मिति : September 26, 2021 at 6:24 pm