३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

म नेकपा एकीकृत समाजवादीको कार्यकर्ता हैन, भ्रमको पछि नलाग्नुहोलाः डा संग्राैला

९ असोज, काठमाडौँ । अन्तर्राष्ट्रिय कानुनका जानकार पूर्व महान्याधिवक्ता डा युवराज संग्रौलाले आफू नेकपा एकीकृत समाजवादीको कार्यकर्ता नरहेको स्पष्ट पारेका छन । सामाजिक सञ्जाल मार्फत डा संग्रौलाले आफू कुनै पार्टीमा नरहेको स्पष्ट परोका हुन ।

केही सञ्चार माध्यमले आफू माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीमा गएको भन्दै समाचारहरू प्रकाशन गरेकोमा आपत्ति जनाउँदै डा संग्रौलाले भ्रमको पछि नलाग्न अनुरोध गरेका छन । नेपाल निकटको युवा संघको एउटा कार्यक्रममा विज्ञको रूपमा बोल्न बोलाइएको र आफू त्यसकैका लागि मात्र गएको बताएका छन ।

संग्रौलाले भनेका छन, ‘हामी दुई जनालाइ बिकासनिर्माण र नेपालको बिकास चुनौतीका बारेमा आफ्नो धारणा राखिदिन बिज्ञका रुपमा अनुरोध गरेको हौं। आफ्नो मत राख्न जस्ले बोलाएपनि म जान्छु, पार्टीका औपचारिक कार्यक्रममा बाहेक। बुद्धिजीवी रास्ट्रको हुन्छ कुनै पार्टीको होइन। म कुनै पार्टीको सदस्य होइन। आफ्नो दृस्ठिकोण राख्ने स्वतन्त्रता मलाइ छ। मेरो स्वतन्त्र छबीलाई हिलो छ्याप्ने नियतले गरेको यो पित्त पत्रीकाका बिरुद्धमा म कानुनी कारबाही गर्ने छु। यो पत्रकाले मलाइ खबरै नगरी यथार्थताको जानकारी नलीइ लेखेको यो खबरबाट मेरो बदनाम गर्ने नियत स्पष्ट देखिन्छ। कानुनी कारबाही फेस गर्न लागि तयार रहनुहोला, मित्र पत्राकार ज्यु। पित्तपत्रीकाको हद हुन्छ।’

प्रकाशित मिति : September 25, 2021 at 1:53 pm