२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अफगानी नागरिकको मानवअधिकार रक्षाका लागि भोलि नेपालमा पनि प्रदर्शन हुने

८ असोज, काठमाडौँ । अफगानिस्तानको शान्तिसुरक्षा र मानवअधिकारको रक्षाका लागि शनिबार नेपालमा पनि प्रदर्शन हुने भएको छ । अफगानिस्तानको शान्ति सुरक्षा र मानवअधिकार रक्षाका लागि शनिबार नेपालसहित विश्वका २४ देशमा एकसाथ प्रदर्शन हुन लागेको हो ।

अफगानी नागारिकप्रति नेपाली ऐक्यबद्धता जनाउँदै शनिबार काठमाडौ, ललितपुर र भक्तपुरमा मौन प्रदर्शन हुन लागेको हो ।अफगानी महिलाहरूका लागि एकता प्रदर्शन गर्न यो कार्यक्रम आयोजना गरिएको अन्तरपुस्ता महिलावादप् मञ्चकी सहसंयोजक शरू जोशीले जानकारी दिइन् ।

’अफगानी नागरिकको सुरक्षा र अफगानी महिलाको हकहित र समानताका लागि शनिबार शान्तिपूर्ण प्रदर्शन गर्दैछाैँ’, जोशीले न्युज कारखानासँग भनिन् । काठमाडौंको माइतीघर मण्डला, ललितपुरको पाटन संग्राहलय र भक्तपुरको सूर्यविनायक चोकमा शनिबार अपरान्ह ३ बजेदेखि प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताइन् ।

राजधानी काबुललाई घेरा हालेर विद्रोही तालिवानले प्रवेश गर्न थालेपछि राष्ट्रपति असफर गनी देश छाडेर गएका थिए । अहिले तालिवानले सरकार बनाएको छ । तर, महिलामाथि विभेद गरेको भन्दै शनिबार विश्वभर एकसाथ विरोध प्रदर्शन हुन लागेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १९:१३