८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

दिल्लीको रोहिणी कोर्टमा फायरिङ : तीनजनाको मृत्यु

८ असोज, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको रोहिणी कोर्टमा भएको फायरिङमा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ।दिल्लीका मोष्ट वान्टेड सूचीमा रहेका गुण्डानाइके जितेंद्रमान गोगीको गोली हानी हत्या गरिएको हो। उनको हत्यापछि आक्रमणकारीमाथि प्रहरीले गरेको फायरिङको क्रममा दुई आक्रमणकारीको पनि मृत्यु भएको छ।

अदालतमा न्यायाधीशको भेषमा आएका टिल्लु समूहका दुई आक्रमणकारीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तिहाड जेलमा सजाय भोगिरहेका गुण्डा नाइके गोगी शुक्रबार पेसीका लागि अदालतमा उपस्थित भएका थिए।

अदालत परिसरमै गोगीमाथि फायरिङ हुँदा तीनजनाको मृत्यु भएको हो। फायरिङमा परी अदालतकी एक इन्टर्न पनि घाइते भएकी छन् । टिल्लु ग्यांग र गोगीबीच पुरानो रिसइबी भएको बताइन्छ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १६:१२