२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

चितवनमा प्रचण्डको विरूद्धमा एमालेबाट बादल चुनाव लड्ने

८ असोज, काठमाडाैँ । चितवनमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विरूद्धमा नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले चुनाव लड्ने बताएका छन ।

शुक्रबार भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले यस्तो कुरा बताएका हुन्। बादलले आफू चितवनमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्न तयार बताए ।

पूर्व गृहमन्त्रीसमेत रहेका बादलले एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने कुरा बताए ।

प्रकाशित मिति : September 24, 2021 at 3:36 pm