५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रधानमन्त्री अाेलीबाट ‘मनमोहन सेन्टर एनेक्स’ भवन शिलान्यास


१८ फागुन, काठमाण्डौं । काठमाण्डौंकाे महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मनमोहन सेन्टर एनेक्स’ भवनको आज शिलान्यास गरेकाछन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास समृद्धिका लागि हुने बताए । ओलीका अनुसार “सरकारको हरेक कदम सुधार, विकास, र जनताको हितका लागि हुनेछन् । कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्ने गरी नै समृद्धिको काम गर्ने प्रतिबद्धता व्याक्त गरे ।

ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्दै ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरीयता आवश्यक भएको बताए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार १४:३६