संसद् बैठक ७ असोजसम्म स्थगित
४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्काे बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।
प्रकाशित मिति : September 20, 2021 at 12:57 pm





