२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

इरानका परमाणु पिताको हत्या रोबोट जडित मसिन गनबाट भएको प्रमाणित

४ असोज, तेहरान । इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरेली गुप्तचर निकाय संलग्न रहेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले दाबी गरेको छ ।

सन् २०२० को नोभेम्वरमा इजरेलको गुप्तचर निकाय मोसादमा आबद्ध एउटा समूहले रिमोट कन्ट्रोलबाट चल्ने मसिन गनले उनको हत्या गरेको पत्रिकाको दाबी छ ।

रिपोर्टअनुसार बेल्जियममा निर्माण गरिएकोे मसिन गनलाई एउटा आधुनिक रोबोटिक यन्त्रसँग जडान गरि गोप्य ढंगले इरान पुर्‍याइएको थियो । आर्टिफिसियल इन्टेलीजेन्स, उच्च क्षमताका क्यामेरा जडित सो मेसिन गनले एक मिनेटमा ६ सय राउन्ड गोली चलाउन सक्ने रिपोर्टमा उल्लेख छ ।

इरानका राष्ट्रपति हसन रुहानीले फख्राजादेहको हत्यामा इजरेलको संलग्नता रहेको बताउँदै आएका छन् । सो हत्याको बदला लिने समेत उनको भनाई छ । वैज्ञानिकको हत्या गर्न सन् २०१८ मा इजरेलले इरानका केही गोप्य दस्ताबेज चोरेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १०:२५