१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

४ साउन,दाङ । जिल्लामा रगतको अभाव देखिएको छ । रक्त सञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेशनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगतको समस्या देखिएको बताएको छ ।

‘‘नियमित ब्लड दिने कार्यक्रम भइरहँदा ब्लडको समस्या देखिदैन,तर पछिल्लो केही महिनायता ब्लड डोनेशनका कार्यक्रम जिल्लामा नहुँदा समस्या देखिएको छ ’’,रक्त सञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले भन्नुभयो, “उहाँले ब्लड बैंकमा अहिले अत्यावश्यक ब्लड मात्र रहेको बताउनुभयो ” ‘‘ब्लड बैंकमा अहिले अत्यावश्यक बिरामीको लागि आवश्यक पर्ने विभिन्न गु्रपको ब्लड मात्र रहेको छ”,त्यसैले अहिले हामीले सामान्य बिरामीलाई ब्लड दिन सकेका छौनांै ।”

पछिल्लो समय मासिक दुई सय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करीब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करीब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताउनुभयो ।

जिल्लामा वर्षेनी ब्लडको माग बढ्दै

जिल्लामा घोराही र तुलसीपुर गरी दुई स्थानमा ब्लड बैंक नेपाल रेडक्रसले सञ्चालन गर्दै आएको छ । रक्त सञ्चार केन्द्रबाट घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल, गोर्खा अस्पताल, दिपज्योति अस्पताल, तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पताल, लमहीमा रहेको फलोरेन्स अस्पताल लगायतका जिल्ला बाहिर समेत जाने गरेको छ ।

जिल्लामा करीब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करीब ४० जनाले वार्षिक रुपमा नियमित रुपमा ब्लड दिने गरेका छन् । जिल्लामा एकै समयमा धेरै ब्लड आउने तर केही महिनादेखि ब्लड डोनेशनका कार्यक्रम नहँुदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताउनुभयो ।
रक्त सञ्चार केन्द्रमा ब्लड नपाइने गरेपछि बिरामीका आफन्त तथा सहयोगीले सामाजिक सञ्जालको समेत सहायता लिने गरेका छन् ।

प्रकाशित मिति : July 20, 2018 at 2:13 pm