३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

३१ भदौ, सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए ।नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् ।

प्रकाशित मिति : September 16, 2021 at 4:01 pm