बृद्धाश्रमकाे लागि पानी शुद्धिकरण मेसिन
१ असोज, काठमाडाैँ । लायन्स क्लब अफ काठमाडौँ ग्लोबल टाउनकाे सक्रियतामा काठमाडाैँ महानगरपालिका १६, साेह्रखुट्टेमा रहेको बृद्धाश्रमकाे लागि पानी शुद्धिकरण मेसिन उपलब्ध गराएको छ।
स्काई वे वाटर सलुसन प्रालि बालाजुबाट सहयोग स्वरुप प्राप्त भएको पच्चीस हजार मुल्यकाे उक्त मेशिन बृद्धआश्रमकाे लागि उपलब्ध गराएको क्लबका अध्यक्ष बैकुण्ठ प्रसाद रिमालले बताए।

आज एक कार्यक्रमकाबीच मेशिन हस्तान्तरण गरिएको हाे। हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ ग्लोबल टाउनका पूर्व अध्यक्ष श्रीकान्त आचार्य, उपाध्यक्ष प्रकाश अधिकारी, वरिष्ठ नागरिक समाजका महासचिव परशुराम कडेल लगायतकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित मिति : September 17, 2021 at 11:14 am





