भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी क्षेत्रको रेल
३० भदौ, काठमाडाैँ । सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ। हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन। सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको हो ।

योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ।
प्रकाशित मिति : September 15, 2021 at 1:50 pm





