३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

एमाले सांसदको चेतावनीः सभामुख सापकोटाको टाउको फुटाउछाैँ

२५ भदाै, काठमाडाैँ । नेकपा एमालेकी सांसद रेखा झाले सभामुख अग्नी सापकोटाको टाउको फुटाउने चेतावनी दिएकी छिन ।

बैठकबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै सांसद झाले अाजै नै टाउको फुटाउने योजना बनाएको भए पनि त्यो सम्भव नभएको बताइन ।

उनले भनिन्, ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’

झाले नियम उल्लंघन गर्नेलाई नहानेर गर्ने भन्दै अघि थपिन, ‘अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’ झाले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दलीय पूर्वाग्रह देखाएको बताइन ।

प्रकाशित मिति : September 10, 2021 at 5:14 pm