३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

फतिमालाई झड्काः एमसीसी पारित गर्न सहयोग गर्न एमालेद्धारा अस्वीकार

२४ भदौ, काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएकी एमसीसी अध्यक्ष फतिमा सुमारलाई पहिलो भेटमै झड्का मिलेको छ । फतिमाको एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग गर्न गरेको आग्रह प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अस्वीकार गरेको छ ।

फतिमाको नेपाल भ्रमणको पहिलो भेट नै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग निवासमै पुगेर गरेकी छिन । उक्त भेटमा फतिमाले एमसीसी संसदबाट अनुमोदन गर्न सहयोग गरिदिन आग्रह गरेकी थिइन । उक्त आग्रहमा ओलीले तत्काल एमालेले यसमा पोजिसन क्लियिर नगर्ने बताए ।

भेटमा एमसीसी उपाध्यक्षले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् । भेटपछि एमाले विदेश विभागका प्रमुख डा राजन भट्टराईले सत्तारूढ हुँदा र प्रतिपक्षीमा हुँदा दलको भूमिका स्वभाविक रूपमा फरक हुने हुँदा अहिले भएमालेको भूमिका फरक रहेको बताए ।

भट्टराईले भने, ‘एमाले सत्तामा हुँदा एमसीसी अघि बढाएको भए पनि अहिले एमालेले सत्तारूढ दलकै जस्तो गरी भूमिका निर्वाह गर्न सक्दैन ।’ उनले सत्तारूढ दलहरूको १६५ सिट संसदमा रहेका कारण प्रतिपक्षीको सहयोग एमसीसी अनुमोदनमा आवश्यक नरहेको हुन सक्ने आशय समेत पक्रट गर्दै सत्तारूढ दलले एमालेसँग कुनै छलफल नगरेको बताए ।

प्रकाशित मिति : September 9, 2021 at 5:00 pm