३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

अछाममा २७ जनप्रतिनिधिले गरे समाजवादीमा सनाखत

२२ भदाै, अछाम । अछाममा २७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद, साँफेबगर नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, चौरपाटी गाउँपालिका वडा नम्बर-३ गगुडका अध्यक्ष रामबहादुर साउँद, वडा नम्बर-४ पायलका वडा अध्यक्ष हर्क लोहराले समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त प्रमुख गजेन्दप्रकास थारुले जानकारी दिए।

यस्तै साँफेबगर कार्यपालिका सदस्य जयन्ति वोगटी, जीतबहादुर निशानी, चौरपाटी कार्यपालिका सदस्य जीतबहादुर निशानी, नौ जना खुल्ला सदस्य, पाँच जना दलित सदस्य र पाँच जना महिला सदस्यले समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन अधिकृत थारुले जानकारी दिए।

अछामको साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधिले समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् । निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमा आज सकिएको छ ।

प्रकाशित मिति : September 7, 2021 at 7:49 pm