३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुग्यो

२१ भदौ, जनकपुरधाम । पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेसँगै प्रदेश २ मा लोसपाका सासदको संख्या १६ पुगेको छ । मन्त्री सोनलले सोमबार जनकपुरधामस्थित प्रदेश २ निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमि हारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए । जसपाका कुल ५५ सांसदमध्ये १६ जनाले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका छन् ।

प्रकाशित मिति : September 6, 2021 at 5:54 pm