३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध

२१ भदौ, सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ र १३ काे तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।


मेलम्ची-१२ बाहुनेपाटी र १३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताए ।

प्रकाशित मिति : September 6, 2021 at 10:55 am