१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

त्रिविले प्रतिस्पर्धाबाट शिक्षक नछाने अनेरास्ववियूले आन्दोलन गर्ने (विज्ञप्तिसहित)

१९ भदौ, काठमाडौँ । अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयले योग्यताक्रमका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्ने मूलमार्गलाई बन्दगर्ने गरी आँशिक शिक्षकलाई करार गर्ने र करारलाई भविश्यमा स्वतः स्थायीको प्रकृयामा लैजान बाटो खुला गर्न खोजेको आपत्ति जनाएको छ । अध्यक्ष ऐन महरले शनिबार एक विज्ञप्ति जारी गर्दै त्यस्तै कदम तत्काल सच्याउन माग गरेका छन । उनले त्रिवि नसच्चिए अनेरास्ववियू चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन । यस्तो छ विज्ञप्ति

योग्यताक्रमका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्ने मूलमार्गलाई बन्दगर्ने गरी आँशिक शिक्षकलाई करार गर्ने र करारलाई भविश्यमा स्वतः स्थायीको प्रकृयामा लैजान बाटो खुला गर्नेगरी त्रिभुवन विश्वविद्यालयले चालेको कदमप्रति अनेरास्ववियु केन्द्रीय कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ।

बिगतमा नेपाली काँग्रेशको सरकारले विश्वविद्यालयमा आफ्ना पार्टी निकट व्यक्तिलाई आँशिकमा भर्ती गर्ने र तिनीहरूलाई करार गराई स्वतः स्थायी हुने गलत प्रथालाई स्थापित गरेको थियो । त्यहि कुप्रचलनका कारण नयाँ र मेधाबी जनशक्ति प्राध्यापन क्षेत्रमा प्रवेश गर्नबाट बञ्चित हुँदै आएका छन्। यस्को प्रत्यक्ष प्रभाव उच्च शिक्षाको गुणस्तरमा समेत परेको छ। अनेरास्वियुले विगत देखि नै यसको विरोध गर्दै आएको छ।

क. केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि विश्वविद्यालयलाई संस्थागत रुपमा चलने वातावरण निर्माण गरेको थियो। परिणामा स्वरुप त्रि.वि. सेवा आयोगले पनि नियमित विज्ञापन गरेर प्रतिस्पर्धाबाट पदपुर्र्ती गर्ने काम सुरू गरेको थियो। तर देउवा नेतृत्वको परमादेश सरकार आउनासाथ त्रिवि सेवा आयोगमा तालाबन्दी गर्ने र पदपुर्र्तीका लागि लिईने परीक्षालाई प्रभावित गर्ने गरी आंशिक शिक्षकलाई करार गराउने कदम सर्वथा प्राज्ञिक उन्नयनको खिलाफमा छ, त्रि.वि. को संस्थागत विकासको विरूद्धमा छ।

अनेरास्ववियूका अध्यक्ष ऐन महर ।

यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धाबाट प्राज्ञिक पेशामा लाग्न चाहने शैक्षिक युवाहरूको बाटोलाई बन्ध्याकरण गर्ने छ। हामीले उठाउँदै आएको गुणस्तरीय शिक्षाको मुद्दालाई कुल्चिने छ। त्रि.वि. प्रतिको जनविश्वास कमजोर हुँदै जानेछ। शिक्षाको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्ति गर्ने बाटोमा समेत तगारो लाग्नेछ।

विद्यार्र्थी संख्या घट्दै गएको, शिक्षकका पुराना दरवन्दी समेत उत्तिकै रहेको र O&M बिना दरवन्दी समेत थप गर्नेकुरा कति व्यवहारिक छ? नेपाली अर्थतन्त्रले कति थेग्न सक्छ? यो विषयमा विश्वविद्यालय गम्भिर हुनु पर्छ की पर्दैन? व्यक्तिका लागि संस्था हो की संस्थाका लागि व्यक्ति हो?

कुनै अमुक संगठनमा आवद्ध भएका व्यक्तिको जागिर सुनिश्चित गर्नकालागि नेपाली जनताको भविश्यको कुर्वानी कदापी स्वीकार्य हुन सक्दैन। त्रिभुवन विश्वविद्यालयको यी अप्राज्ञिक, अदुरदर्शी, अव्यवहारिक र निहित स्वार्थप्रेरित कदमको घोर भ्रत्सना गर्दछौँ।

आँशिक शिक्षकलाई करार बनाउँने र करारलाई विना प्रतिस्पर्धा स्थायी बनाउने कदम तुरून्त रोकि खुल्ला प्रतिस्पर्धाको बाटो तत्काल सुचारू गर्न अनुरोध गर्दछौँ। साथै यी अव्यवहारिक माग राखेर त्रि वि सेवा आयोगमा पटक–पटक तालाबन्दी गर्ने कार्य समेत अक्षम्य छ। तशर्थः स्थगित भएका पुर्वनिर्धारित आयोगका परीक्षाहरू नियमित रुपमा सुचारू गर्नु हुन समेत आग्रह गर्दछौँ।

त्रि वि को संस्थागत विकासका लागि अनेरास्ववियुको सदैब साथ र सहयोग रहने प्रतिवद्धता समेत दोहोर्याउन चाहन्छु। साथै प्रतिस्पर्धाको यो दुनियाँमा लुटतन्त्र मच्चाउन खोज्ने शैक्षिक मतियारहरूको विरूद्धमा अनेरास्वियु चुप लागेर बस्ने छैन। यी यावत बेथितीको अन्त्य गरी केपी शर्मा ओलीको नेतृत्वको सरकारले जस्तै गरी सेवा आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण निर्माणका लागि कुलपतिका हैसियतमा सम्माननीय प्रधानमन्त्री ज्यूको समेत ध्यानाकर्षण गराउन चाहान्छौँ ।

हार्दिक अभिवादन सहित !
ऐन महर
अध्यक्ष

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १८:५१