पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. थापा नियुक्त
१८ भदौ, काठमाडौँ। पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन कुमार थापा नियुक्त भएका छन्। यसअघि कोषको कोषाध्यक्ष रहेका थापालाई नेपाल सरकारको प्रधानमन्त्री स्तरीय निर्णयबाट बिहीबार नियुक्त गरिएको हो।

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८.२.१३ बमोजिम उनि ४ बर्षका लागि सदस्य सचिव पदमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति : September 3, 2021 at 5:14 pm




