३१ असार २०८३, बुधबार | Thu Jul 16 2026

सिन्धुपाल्चोकमा फेरि पहिरो, हेलम्बु सडक पुनः बन्द

१८ भदाै, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ ।

पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ । लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन । यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ ।

सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो । त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ ।

प्रकाशित मिति : September 3, 2021 at 9:07 am