३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु

१३ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक बसेको हो ।

सो बैठकले दलको नेतादेखि प्रमुख सचेतकसहित पदाधिकारी चयन गर्नेछ । अहिले बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : August 29, 2021 at 12:35 pm