३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कांग्रेस नेता आलमको मुद्दा न्यायाधीश राउत र ढुंगानाको संयुक्त इजलासमा

११ भदाै, काठमाडौँ । कांग्रेस नेता मोहम्मद अफताव आलमले थुनामुक्त हुनका लागि दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आलमको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमाका पेसी तोकिएको छ । आलममाथि  इँट्टा भट्टामा जिउँदै मान्छेलाई राखेर जलाएको अभियोग लागेकाे छ ।

उनलाई २०७६ कार्तिक २९ गते पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले आदेश दिएको थियो । उनले आफुलाई  थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : August 27, 2021 at 12:23 pm