२ असार २०८१, आईतवार | Sun Jun 16 2024

२४३३ कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु


१० भदाै, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  थप २४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९७०२ जनाको पीसीआर परीक्षण गर्दा २०५२ र ४६७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८१ जना गरी थप २४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। सोही अवधिमा १९२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १७:४३